News राजनीति

सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न हुन्छः निर्वाचन आयोग

सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न हुन्छः निर्वाचन आयोग

निर्वाचन आयोगले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न हुने जनाएको छ । 

निर्वाचन आचार संहिताका विषयमा छलफल गर्न आईतवार आयोजित संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ दलको छलफलका क्रममा आयोगले यस्ता जानकारी दिएको हो ।

प्रतिनिधिसभा विघटनपछिको विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि छिट्टै समाधान गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ । ‘आयोग दलहरूमा देखिएको समस्या छिट्टै निर्णय गरेर निकास दिने तयारी गरिरहेको छ’ प्रवक्ता राजकुमार श्रेष्ठले भने। 

यसैगरी, दलको सुझाव आएपछि आयोगले आचारसंहिता लागू गर्ने उनले वताए ।सरकारले तोकको ०७८ वैशाख १७ र २७ गते निर्वाचन गराउनका  आयोग सक्षम भएको पनि उनले दावी गरे। 

‘संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छौँ। दलका प्रतिनिधिले सुझाव प्राप्त भएको छ केही दलहरूले भोलिसम्म लिखितरूपमा दिने भन्नुभएको छ’ उनले भने, ‘त्यसपछि आचारसंहिता लागू हुन्छ।’

विशेष