News राजनीति

दाहाल–नेपाल समूहद्वारा चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा

दाहाल–नेपाल समूहद्वारा चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको आन्दोलनअन्तर्गत फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम छ।

फागुन ७ गते पालिकाको वडा स्तरमा विरोध कार्यक्रम, ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध अन्तरक्रिया , ९ गते प्रतिगमन र महिला हिंसाका घटनाकाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम छन् । त्यस्तै १२ गते चितवनमा र २१ फागुनमा दाङमा ठूलो विरोधसभा हुने जनाईएको छ ।

विशेष