ललिता निवास प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईसँग सम्वन्धित मिसिल झिकाउन सर्वोच्चको आदेश
ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले पूवप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका निर्णयको मिसिल झिकाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले आइतबार प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको रिटमा मिसिल झिकाउने आदेश दिएको हो ।
अख्तियारले मन्त्रिपरिषद्बाट भएका नीतिगत निर्णयका आधारमा ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च स्रोतका अनुसार सर्वोच्च अदालतबाट २०५३ असोज ८ गते प्रतिपादित नीतिगत निर्णयसम्बन्धी नजिर र अख्तियारद्वारा पूर्वप्रधानमन्त्रीद्वयको हकमा लिइएको निर्णयको आधार हेर्नका लागि अख्तियारको निर्णयसम्बन्धी कागजात झिकाउने निर्णय भएको हो ।