ललिता निवास जग्गा प्रकरणमा माधव नेपालको पेशी तोकियो
बालुवाटारस्थित सरकारी निवास (ललिता निवास) जग्गा प्रकरणमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको रिटउपर आज फेरि पेशी तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनकै पक्षमा खुलेर वकालत गरिरहेका राजावादी बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशद्वय हरि फुँयाल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको हो ।
बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।
बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको आरोप लगाइरहेका छन्। तर, नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्। यसअघि पनि यही इलाजमा उक्त मुद्दा परेको भए पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।