News

संवैधानिक इजलासमा चोलेन्द्रको प्रश्नः यो सरकार कसको हो ?

संवैधानिक इजलासमा चोलेन्द्रको प्रश्नः यो सरकार कसको हो ?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गरिरहेका वकिललाई प्रधानन्यायाधीश जबराले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गरिरहेका वकिललाई प्रधानन्यायाधीश जबराले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्।

रिट निवेदकका तर्फबाट वहस गरिरहेका वकिल दिनमणी पोख्रेललाई जवाराले यस्तो प्रश्न शोधेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीबार बहस सकेपछि आजदेखि उनकातर्फबाट बहस गरेका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले दिन लागेका हुन् ।

बहसको सुरुमा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गरे। जवाफमा अधिवक्ता पोख्रेलले यो सरकार नेकपाको भएको उत्तर दिए। त्यसपछि फेरि जबराले त्यसैलाई टेकेर अर्को प्रश्न गरे। ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६ को दफा १ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो ?’ भने।

त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताए। उनले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जनाफ दिएका थिए। 

विशेष