चार पूर्वप्रधान न्यायाधीशलाई फागुन ६ गतेको तारेख तोकियो
सर्वाेच्च अदालतकाले अदालतको मान हानी गरेको मुद्दामा चार पूर्वप्रधान न्यायाधीशलाई फागुन ६ गतेको तारेख दिएको छ ।
पूर्व प्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वाेच्च अदालतमा लिखित जवाफ पेश गरेपछि म्याद बुझ्न वुझेका हुन् ।
उनीहरुले रजिष्ट्रार नारायण पन्थीको कार्यकक्षमा गएर अपहेलना मुद्दाको बहस–पैरवी गर्न कानुन व्यवसायी नियुुक्त र वारेशको पनि माग गरेका छन् ।
पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले मनमा अवकाश प्राप्त प्रधान न्यायाधीश हुँ भन्ने रहेको र चार जना पुर्व प्रधानन्यायाधिस भएकाले अप्ठ्यारो महसूस पनि नभएको वताईन।
उनीहरुले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै पुस २४ गते विज्ञप्ति जारी गरेका थिए । उनीहरुको वक्तव्यले अदालतको मान हानी भएको भन्दै अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले माघ १५ गते लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।