News राजनीति

संवैधानिक परिषद् ओलीको भर्तीकेन्द्रः नेता कोईराला

संवैधानिक परिषद् ओलीको भर्तीकेन्द्रः नेता कोईराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई भर्ती केन्द्र वनाएको आरोप लगाएका छन् ।

धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले संवैधानीक परिषदलाई ओलीले असंवैधानीक रुपमा प्रयोग गरेको वताए । उनले ओलीले गरेका असंवैधानिक नियुक्तिहरू अब बन्ने सरकारले खारेज गर्ने बताए।

संविधानले शक्ति सन्तुलनको आधारमा ६ सदस्यीय परिषद्ले मात्रै सिफारिस गर्न सक्ने व्यवस्था गरे पनि ओलीले अध्यादेश ल्याएर तीन जनाले नै सिफारिस गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत ३२ पदमा नियुक्ति गरिएको थियो ।

‘संवैधानिक परिषद्ले निष्पक्ष व्यक्तिहरूलाई संवैधानिक निकायमा लैजान्छ भन्ने सोचेका थियौं, तर उहाँले यसलाई नेकपाको भर्ती केन्द्रको रुपमा लिएर अगाडि बढीरहनु भएको छ’–,’ उनले भने।

शेखर कोइराला केपी शर्मा ओली अध्यादेश नियुक्ति संवैधानिक परिषद्

विशेष