कांग्रेसका नजरमा सरकारको तीन वर्षको काम– दम्भ, द्वन्द्व र भ्रस्टाचार !
सरकार गठनको ३ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सिंह दरवारमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले गरेका कामकारवाहीको वेली विस्तार लगाए । प्रधानमन्त्री ओलीका नजरमा विभिन्न अवरोधका वावजुद पनि वर्तमान सरकार आजसम्मकै सवै भन्दा वढि विकास निर्माण गर्ने सरकारमा पर्छ ।
तर, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भने केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा दम्भ, द्वन्द्व र भ्रस्टाचार वाहेक केहि नगरेको जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमवारै ट्वीट गरेर सरकारको कामको छोटो समिक्षा गरेका छन् । ‘नेकपाले देशलाई ३ बर्षमा दिएको ३ उपहारः दम्भ, द्वन्द्व र भ्रस्टाचार !’ उनले लेखेका छन्–‘आज फागुन ३ मा ३ बर्ष पुगेको सरकारको सार समिक्षा यतिनै, शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन । जय नेपाल !’
यता, प्रधानमन्त्री ओलीले भने सुरुदेखि नै अफ्ठ्यारा खडा गरेर सरकार सञ्चालनमा अवरोध पु¥याइएको बताएका छन् ।
खासगरी पछिल्लो एक वर्षदेखि झन्डै दुई तिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारलेजस्तो नियति भोग्नुपरेको उनको भनाई छ । ‘एकातिर जनाताको उच्च आंकाक्षा सम्बोधन गर्नुपर्ने र अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैं सरकारले काम गर्नै नसक्ने अवस्था सिर्जना भयो’–उनले भने ।
०७४ फागुन यता संसदीय छलफलमा लगिएका विधेयकहरुमा अनावश्यक छलफलमा परेर गोलचक्करमा फसाइएको, नियुक्ति सिफारिसमा कचिङ्गल मच्चिएकको र आफ्नै पार्टीका संसदीय दलले नियुक्तीमा अवरोध पुर्याएको उनको भनाई छ ।