News अपराध सुरक्षा देश

झापामा पुरुषमाथि नै वलात्कार, कारवाही गर्ने कानुन नहुँदा छुटे आरोपी

झापामा पुरुषमाथि नै वलात्कार, कारवाही गर्ने कानुन नहुँदा छुटे आरोपी

झापामा पुरुषमाथि अप्राकृतिक करणी गरेको आरोपमा पक्राउ परेका २ जना आरोपी रिहा भएका छन् । कनकाई नगरपालिका–७ का ३० वर्षीय पुरुषमाथि बिरीङ खोला किनारमा अप्राकृतिक करणी भएको हो ।

करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिएको छ ।

अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले उनीहरुलाई छोडेको हो । 

शनिवार भएको यो घटनापछि पीडित पुरुष भने उपचारका लागि झापाकै विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् ।

अप्राकृतिक करणीमा १८ वर्ष मुनिका बालकलाई मात्रै कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा नचलेको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको थियो । र, अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको थियो ।

अदालत मुलुकी अपराध संहिता अप्राकृतिक करणी

विशेष