News राजनीति प्रदेश २

संघीय सरकारलाई गालि गरेरै वित्यो प्रदेश २ सरकारको तीन वर्ष !

वीरेन्द्र रमण

संघीय सरकारलाई गालि गरेरै वित्यो प्रदेश २ सरकारको तीन वर्ष !

जनकपुर– प्रदेश नम्बर २ सरकारले आफनो तिन वर्षे उपलब्धी सार्वजनिक गर्दै सरकार पुर्ण रुपमा सफल रहेको दावी गरेपनि विपक्षी दलले भने सरकार पुर्ण रुपमा असफल भएको दावी गरेका छन ।

सरकारले प्रदेशको समग्र योजना निर्माण गरेर अगाडि बढनुको साटो योजनालाई खण्डित गरेर उपभोक्ता मार्फत काम गर्ने र कार्यकर्ता पाल्ने काम मात्रै गरेको विपक्षी दल नेपाली काग्रेसका संसदीय दलका नेता राम सरोज यादवले वताए । सरकारले सार्वजनिक गरेको तिन वर्षको उपलब्धी झुठको पुलिन्दा मात्रै रहेको उनको दावी छ।

विकासको सिद्धान्तबाट नै सबै भन्दा पहिलो सरकार विचलित भएको बताउदै पिछडिएको क्षेत्रमा लगानी हुनुपर्नेमा त्यो नगरेर उपभोक्ता समिति मार्फत कार्य गर्दै बजेटको दुरुपयोग गरिएको उनले वताए। ‘२ लाख रुपैयाँसम्मको काम उपभोक्ता समिति बनाएर गरिएको छ । वडास्तरमा भन्दा पनि कम बजेटको निर्माण गरेर काम गर्नु बजेटको दुरुपयोग हो’ उनले भने।

नेता यादवले प्रदेश सरकारले आकर्षक नारा ल्याएपनि त्यसलाई धरातलमा कार्यान्वयन गर्न नसकेको बताए । ‘हरखेतमे पानी, हरखेत मे काम’ जस्ता नारा प्रदेश सरकारले ल्याएपनि कृषि क्षेत्रमा सरकारको लगानी सुन्य रहेको यादवले बताए । प्रदेश सरकारको चर्चित ‘बेटी पढाउ बेटी बचाउ अभियान’ संचालन भएपनि अभियान सुरु भएपछि नै प्रदेश २ मा महिला हिंसाका घटनामा वृद्धि भएको यादवले बताए ।

प्रदेशको प्रमुख विपक्षी दलका नेता एवं नेकपा प्रचण्ड नेपाल पक्षका नेता शत्रुधन महतोले प्रदेश सरकारको तिन वर्षको उपलब्धी खासै नरहेको बताए। तीन वर्षमा प्रदेशको नाम र राजधानीसम्म टुङ्गो लगाउन नसकेको सरकारले ‘यो र त्यो’ भन्दै हुँदै नभएको उपलब्धी सार्वजनिक गरेको उनले वताए । ‘विकासका काम कति भएको छ त्यो त सबैका सामुन्य छर्लङ्ग छ नी’– उनले भने।

नेकपा(ओली पक्ष)का नेता एवं प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले प्रदेश सरकार खुद्रा योजनामा मात्रै केन्द्रित रहेको बताउदै गौरवान्ति हुने खालका एउटा पनि योजना संचालन नगरेको बताए । उनले प्रदेशको राजधानी जनकपुर रहेपनि जनकपुरमा समेत प्रदेश सरकारको कुनै गौरवका योजना नरहेको बताए। एउटै क्षेत्रमा विभिन्न निकायहरुले काम गर्दा चुरे क्षेत्रमा ५ करोड लगानी गरेपनि त्यसबाट कस्तो परिणाम आयो ? त्यस विषयमा सरकार गम्भीर नेदखिएको बताए ।

मण्डलले ‘बेटी पढाउ वेटि वचाउ’ अभियानमा साईकल वितरण गरेर सस्तो लोकप्रियता हासिल गर्न खोजेपनि त्यसमा कस्ता परिणाम आए ? त्यस विषयमा पनि सरकार मौन देखिएको वताए । सरकार प्रदेशको विकास भन्दा पनि खुद्रे योजनामा मात्रै केन्द्रित रहेको उनको आरोप छ । 

संघीय सरकारलाई गाली गर्नेमै वितियो तिन वर्ष
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहणकै क्रममा प्रदेशलाई सुशासनको बाटोमा अग्रसर गराउने प्रतिवद्धता गरेका थिए । तर, तिन वर्षको अवधिमा प्रदेश सरकारले आफै अघि सारेका योजना समेत सम्पन्न गर्न सकेको छैन ।

सबैभन्दा बढि कमिसनको खेल पनि प्रदेश २ मा नै भईरहेको भन्दै सरकारको समेत व्यापक आलोचना भईरहेको छ । संघीयताको संस्थागत विकासमा संघीय सरकारले अवरोध गरेको भन्दै पटक पटक आलोचना, गाली र मुद्दा दायर गरेपनि जनताको नजरमा पर्ने गरी प्रदेश सरकारले खासै कुनै काम गर्न सकने ।

तथापी मुख्यमन्त्री लालबाबु राउतको पत्रकार सम्मेलन बेटी बचाउ बेटी पढाउ, ५१ किलोमीटर सडक निर्माण, कृषि ब्याज अनुदान, कानून निर्माण लगायतका कुरामा मात्रै सिमित रहयो । तर, आगामी लक्ष्य र पुरा गर्न नसकेका योजनाका वारेमा भने उनले एक शब्द पनि खर्च गरेनन् । 

प्रदेश सरकारले सय दिने कार्य योजना सार्वजनिक गर्दै प्रदेशमा लगानी बढाउन विशेष आर्थिक क्षेत्र घोषणा, प्रदेश स्तरीय लगानी बोर्डको स्थापना, लगानीकर्तालाई सहज रुपमा जग्गा उपलब्ध, प्रदेशमा लगानी भित्र्याउन लगानीकर्ता प्रोत्साहन गर्न विभिन्न प्याकेज ल्याउने घोषणा गरेको थियो, जुन आजसम्म पुरा गर्न सकेको छैन ।

त्यस्तै, कृषितर्फ प्रदेशलाई आर्गेनिक माछा जोन बनाइने, किसानलाई सहुलियत दरमा कृषि उपकरण उपलब्ध गराउने, भूमि उपयोगिताका लागि जग्गाको चकलाबन्दी गरी सामूहिक तथा सहकारी खेतीको विकास, किसानलाई सहुलियत ब्याज दरमा ऋण र कृषि बीमाको व्यवस्था, रोजगारीका लागि सामूहिक पशुपालन, विनाश हुँदै गएको चुरे संरक्षणका लागि अन्तर प्रदेशीय सहयोग र समन्वयमा चुरे संरक्षण नीति, कृषिमा आधारित साना उद्योग स्थापना र भू संरक्षण नीति लगायतका कार्यक्रमहरु संचालन गर्ने भनिए पनि प्रदेश सरकारले ति कुनै कार्यक्रम संचालन गर्न सकेको छैन ।

शहरी विकासका लािग प्रदेशका ८ जिल्लामा स्मार्ट सिटी स्थापना, शहरहरुमा खुल्ला पार्क, सेटलाईट सिटीको विकास, सडक विकास तथा विस्तारका लागि सडक बोर्डको स्थापना, मुख्यमन्त्री सडक योजना, कृषि सडक निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेशमा खरीद प्रक्रियालाई पारदर्शी र भ्रष्टाचार नियन्त्रणका ऐन निर्माण, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै निकाय गठन गर्ने लगायतका विषयलाई पनि सय दिने कार्ययोजनामा समेटिएको थियो । तर तीन वर्ष पुग्दा पनि पनि ति कुनै पनि योजना संचालनमा आउन सकेका छैनन् ।

मधेश आन्दोलनमा शहादत प्राप्त गरेका परिवारहरुका लागि जिविकोपार्जनका लागि रोजगार सहितको शहीद प्रतिष्ठान गठन, शहीद परिवारहरुबाट एक परिवार एक रोजगार लगायतका कार्यक्रम पनि  अलपत्र अवस्थामै रहेको सरोकारवालाहरुले जनाएका छन् । 

प्रदेश २ उपभोक्ता मुख्यमन्त्री लालबाबु राउत किसान

विशेष