ओली समुहका कार्यकर्ताले ढुङ्गा प्रहारवाट कांग्रेस नेता साउद घाईते

बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा ढुंगा प्रहार हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्।
बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले प्रहार गरेको ढुङ्गाले लागेर साउद घाईते भएको जनाईएको छ । पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन। नेकपा ओली समूहका स्थानीय कार्यकर्ता मुकेश पालको नेतृत्वमा आएको टोलीले ढुंगा प्रहार गरेको कांग्रेसको आरोप छ।
ढुंगा लागेर कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन्।
उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता रहेको थियो।
नेपाली काँग्रेस ढुंगा प्रहार एनपी साउद विरोध सभा गाउँपालिकाको केन्द्र