भारतको मध्य प्रदेशमा वस दुर्घटनामा परी ३७ जनाको मृत्यु
भारतको मध्य प्रदेश स्थित वाणसागर नदीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ ।
सिधी जिल्लामा भएको उक्त दुर्घटनामा २० पुरुष, १६ महिला, एक बालकको ज्यान गएको जनाईएको छ । नदीमा खसेकामध्ये सात जना यात्रुलाई सकुसल उद्धार गरिएको छ र अन्य वेपत्ता यात्रुहरूको गोताखोरले खोजी गरिरहेका छन् ।
बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको छ। तर, स्थानीय प्रशासनले भने बसमा कति जना यात्रु थिए भन्ने विषयमा यकिन जानकारी दिन नसकेको त्यहाँका संचार माद्यमले जनाएका छन् ।