News राजनीति

कांग्रेसको १४ औँ महाधिवेशन भदौ दोश्रो साता गर्न प्रस्ताव पेस

कांग्रेसको १४ औँ महाधिवेशन भदौ दोश्रो साता गर्न प्रस्ताव पेस

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ दोश्रो साता गर्ने प्रस्ताव पेस भएको छ । वुधवार सुरु भएको केन्द्रीय कार्यसमिति वैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आउँदो भदौ ७ गतेदेखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेका छन् ।

वैठकको वारेमा जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाण्डौमा गर्ने प्रस्ताव पेस भएको बताए । 

यसैगरी, गाउँ÷नगर÷वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पेश भएको शर्माले जानकारी दिए ।

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भएअनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

विशेष