रामकुमारी झाँक्रीलाई उषाकिरणको प्रश्नः मेरो आमाको सारीमा प्रश्न उठाउने तपाई को हो ?
नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफनी आमाप्रति गरेको असभ्य टिप्पणी प्रति छोरी उषाकिरण भण्डारीले आक्रोश ब्यक्त गरेकी छिन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेकी छिन्–‘हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदी तपाईंलाई लाग्छ आफ्नो मायाँ/आफ्नो जीवनसाथी भन्दा माथी पेशा/महत्वाकांक्षा हो भने ठाउँ साटौ। तपाईं उहाँ (आमा) को सिन्दुर, पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ–लिएर जानुस।’
‘गल्ती सेतो सारीमा होईन दृष्टिकोणमा छ’ उनले रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले सुनाइदिनु भन्दै लेखेकी छिन्–‘गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो। अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ–सोधनुहोस गएर।’
तपाईं कम्युनिष्ट स्कुललिङ्गको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने भन्दै उनले लेखिकी छिन्–तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ। हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए। उहाँ (आमा) ले ड्याडिलाई मनपर्ने खाना/अचार बनाउन छोडनु भयो। उहाँका स–साना छोरीहरू हामीले प्रश्न उठाएनौ। तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
नेतृ झाँक्रिले गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरीमा शुक्रबार आयोजित विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरी असभ्य टिप्पणी गरेकी थिईन ।
उनले विद्या भण्डारीलाई नेकपा एमालेले २०५० सालमा गरेको भुल भन्दै मदन भण्डारीको हत्यापछि सेटो साडि लाएर शक्ति आर्जन गर्ने गलत संस्कृतिको प्रत्युत्पादन भएको पनि आरोप लगाईन । ‘यो नेकपा एमालेले ०५० सालमा गरेको भुल थियो । यहाँ अन्यथा नहोस। तमाम दिदी वहिनी हुनुहुन्छ, शहिद परिवार हुनुहुन्छ। यहाँहरुलाई भन्न खोजेको होईन’ उनले भनेकी थिईन–‘मदन भण्डारीको हत्या पछाडि सेतो साडि ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतित्युतपादन हो– विद्या भण्डारी।’
यो पनि