News

करेन्ट लागेर वालिकाको ज्यान गयो 

करेन्ट लागेर वालिकाको ज्यान गयो 

सिरहामा करेण्ट लागेर एक वालिकाको मृत्यु भएको छ । 
लहान नगरपालिका–१७ एकरतिया टोलकी १३ वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय ब्रम्हदेब चौधरीकी छोरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलबाट मोटर चलाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घट्नाका सम्वन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विशेष