संविधानमा प्रधानमन्त्रीका लागि विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? : खरेल
संवैधानीक इजलासमा वुधवार वहस गर्ने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताएका छन् ।
एमिकस क्युरीका रुपमा चयन भएका खरेलले संवैधानिक इजलासमा बुधबार आफ्नो बहसका क्रममा यस्तो वताएका हुन् । संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको वहसका क्रममा उनले तर्क गरे।
‘संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा छन्, धारा १०३ र धारा १८७’ खरेलले भने–‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’
०४७ को संविधानमा भएको धारा ५३(४) हटाउनु भनेको लुकाएर राखेको नभएको समेत उनले बताए । खरेलले संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको ७६(७) नै भएको बताए ।