News राजनीति

महान्यायाधिवक्ता खरेलको स्विकारोक्तिः बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने अधिकार छैन

महान्यायाधिवक्ता खरेलको स्विकारोक्तिः बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने अधिकार छैन

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने अधिकार नभएको स्वीकारेका छन् ।

सोमबार संसद् विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले यस्तो वताएका हुन् । आफुले पहिला भिडियोमा बोलेको कुरा सहि र बहुमतप्राप्त दलले संसद् विघटन गर्न नसक्ने उनले वताए । ‘अहिले पनि म त्यही भन्छु’ उनले भने–‘तर, अहिले म सरकारको प्रतिरक्षा गर्ने स्थानमा भएकाले बोलिरहेको छु।’

बहसमा सहभागी हुँदै खरलले १३ रिट निवेदकमध्ये केहीले हतारो गरेको बताए। केही रिट निवेदकले विपक्षी बनाउनु नपर्नेलाई पनि बनाएको र केही बनाउनु पर्नेलाई पनि नबनाएको उनको भनाई छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।

सोमबारदेखि प्रतिनिधिसभा विघटनको निर्णय सही छ भनी महान्यायाधिवक्तालगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस सुरु हुने भएको हो । 

आइतबार विघटनको निर्णय गलत भएकाले त्यसको बदर हुनुपर्ने मागदाबी राखी दर्ता गरेका निवेदक र उनीहरूको पक्षमा वकालत गर्नेहरूको बहस सकिएको थियो । १३ दिनको निरन्तर बहसका क्रममा उनीहरूले प्रतिनिधिसभा प्रधानमन्त्रीको विशेषाधिकार नभएको भन्दै अहिलेको संविधानमा त्यो व्यवस्था नरहेको बताएका थिए । विघटनको निर्णयसमेत प्रधानमन्त्रीलाई नभएको उनीहरूले दाबी गरेका थिए ।

विशेष