घरको छतवाट लडेर दुई वर्षिय वालकको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा घरको छतवाट लडेर एक वालकको मृत्यु भएको छ ।
बनौला निवासी खुशिलाल मण्डलका छोरा २ वर्षिय दिपकको घरको छतमा खेल्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
छतबाट लडेर घाईते भएका उनलाई उपाचारका लागि राजबिराज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरले घटनाको अनुससन्धान गरिरहेको डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
सप्तरी लडेर वालकको मृत्यु