पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जसपाको थाल र ग्याँस सिलिण्डर प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वुधवार काठमाण्डौंमा जनता समाजवादी पार्टीले थाल र ग्याँस सिलिण्डर प्रदर्शन गर्दै सरकारको विरोध गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध विरोध गरिएको छ ।
प्रदर्शनमा सरकार विरुद्ध नारा लेखिएको प्लेकार्ड ब्यानर, थाल र सिडिन्डर वोकेर सहभागिहरुले नारा जुलुस गरेका छन् ।