पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै प्रचण्ड–माधव नेतृत्वको नेकपा निकट अनेरास्ववियूले विहिवार नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ।
बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरे। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विभिन्न नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका उनीहरुले नारावाजी पनि गरे।
सरकारले गत मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलिय पदार्थमा मुल्य वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल÷मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ।