News स्वास्थ्य

दुई हप्ताभित्र कोरोना विरुद्धको २० लाख डोज खोप नेपाल आउने

दुई हप्ताभित्र कोरोना विरुद्धको २० लाख डोज खोप नेपाल आउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले दुई हप्ताभित्र कोरोना विरुद्धको २० लाख डोज खोप नेपाल आईसक्ने वताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने खोप सहुलियत दरमै आउँने र त्यसको प्रकृया पुरा भएको वताए ।

माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो । 

सरकारले कोरोना विरुद्धको खोप खरिद गर्न भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत दिएको छ । वुधवारको मन्त्रिपरिषद बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको थियो । 

स्वास्थ्य शेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी दिएको बताए । सेरमले दुई हप्ताभित्र खोप पठाउने बताएको छ र उक्त खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

उनका अनुसार सेरम इन्ष्टिच्युटसंग प्रतिखोप ४ डलरका दरले सहुलियतमा खोप उपलब्ध गराउने सहमति भएको छ । खोप दुई चरणमा १०/१० लाख डोज उपलब्ध गराउने सेरम इन्ष्टिच्युट अफ इन्डियाको प्रतिवद्धता छ । नेपालको भण्डार क्षमता कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी कोरोना विरुद्धको खोप सेरम इष्टिच्युट अफ इन्डिया

विशेष