News राजनीति प्रदेश १

मुख्यमन्त्री राई भन्छन्– प्रचण्ड–माधव पक्षको रवैया परिवर्तन नभए प्रदेशसभा भंग हुनसक्छ

मुख्यमन्त्री राई भन्छन्– प्रचण्ड–माधव पक्षको रवैया परिवर्तन नभए प्रदेशसभा भंग हुनसक्छ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका प्रचण्ड–माधव पक्षका सांसदहरुले गल्ती स्विकार गर्ने वा सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्ने दुवै निर्णय नभए प्रदेश सभा भंग हुन सक्ने मुख्यमनत्रीले चेतावनी दिएका छन् ।

आफु प्रदेश सभा भंग गर्ने पक्षमा नरहे पनि प्रचण्ड–माधव समूहको रबैया परिवर्तन नभए प्रदेशसभा नै भंग हुनसक्ने मुख्यमन्त्री राईले बताए ।  उनले भने– ‘म त्यो पक्षमा छैन, तर उहाँहरुको रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न।’

‘अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस मैले गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यस अघि नै विघटनको सिफारिस गर्न सक्ने अवस्था हुन्थ्यो’ उनले भने –‘तर म त्यसको पक्षमा छैन ।’

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले राईविरुद्ध १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको प्रस्तावमा ३७ प्रदेशसभा सदस्य हस्ताक्षर गरेका थिए । ति मध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । तर राईका पक्ष अझै वहुमत पुगेको छैन । प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो बहुमत नपुग्ने अवस्था आएपछि उनले यस्तो चेतावनी दिएका हुन् ।

प्रदेश सभाको अर्को बैठक ९ फागुनमा बोलाइएको छ । मुख्यमन्त्री राईले बैठक सञ्चालनका लागि सहमति हुनुपर्ने बताएका छन् । 
 

मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रस्ताव प्रदेश सभा भंग प्रचण्ड–माधव पक्ष

विशेष