News देश राजनीति

नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न पाएनन्ः पुर्वराजा ज्ञानेन्द्र

नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न पाएनन्ः पुर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्रै नभएको पनि बताएका छन् ।

विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका उनले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने हामी सबैको आकांक्षा हो । प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ’ बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्–‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन ।’
 

प्रजातन्त्र दिवस पुर्वराजा ज्ञानेन्द्र शुभकामना सन्देश

विशेष