धमाकेदार पत्रकार जन्मदेव भन्छन्– म झोले अनलाइनको सम्पादक हुँ
जनताका भावना कलमले वोल्ने भएका कारण संविधानले पत्रकारलाई ‘स्वतन्त्र’ वनाएको छ। जनताको आवाज वोलेसम्म पत्रकार स्वतन्त्र छन्। तर, पत्रकारले पाएको यो ‘स्वतन्त्रता’ दुरुपयोग हुँदा कहिलेकाही पत्रकारीताको मर्म र पत्रकारको इमान्दारीता माथि नै प्रश्न उठ्ने गरेको छ ।
नेपालको वर्तमान परिवेश पनि स्वच्छ पत्रकारीता र ब्यवसायीक पत्रकारका लागि सुखद छैन । पत्रकारले पाएको स्वतन्त्रताको दुरुपयोग गर्नेको होड चलेको छ । राजनितिक दलका शुभेच्छुक पत्रकारको संगठनमा आवद्ध हुने र त्यसै मार्फत पत्रकार महासंघको सदस्यता लिएर आफुलाई ‘धमाकेदार’ पत्रकार वताउँदै गलत काम गर्नेहरुको संख्या वढ्दै गएको छ। जसका कारण ब्यवसायीक पत्रकार वदनाम छन्।
पत्रकारीताको आडमा अपराध
पत्रकारका आडमा तस्करी गर्ने देखि हतियारको कारोवार गर्नेसम्मका घट्ना नेपालमै भएका छन् । ०७७ जेठको पहिलो साता सर्लाहीमा ‘प्रेस’ लेखिएको बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रण गर्यो । लकडाउनको समयमा प्रेस लेखिएको भारतीय मोटरसाइकल देखेपछि चेकजाँच गर्दा हतियार बरामद भएको थियो।
सर्लाहीकै बिष्णु गाउँपालिका ३ का २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह पक्राउ परे। उनीहरुको साथबाट २ थान पेस्तोल, गोली र म्यागेजिन प्रहरीले वरामद गर्यो ।
यसअघि २७ फागुन ०७६मा बारामा प्रेस लेखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको थियो । ना।६२ प ६२६७ न। को मोटरसाइकलमा सवार वीरगञ्ज १५ बस्ने ३० बर्षीय जीतेन्द्रकुमार सिंहको साथबाट डाइजेपाम, नुफिन, फेनारगन बरामद भएको थियो ।
पत्रकारले पाएको स्वतन्त्रता दुरुपयोगको यो चमर नमुना थियो। हतियार र लागु औषध नै भेटिएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी वाध्य भयो। तर, यस प्रकारका घटना नेपालमा अनगिन्ती छन् । पत्रकारको कार्ड वोकेर लागु औषधको कारोवार देखि नेपाल भारत सामान ओसार–पसार गर्नेसम्मका काम भईरहेका छन् ।
पत्रकारीता कम, स्वार्थकारीता वढी
यति मात्रै होईन, पछिल्लो समय नेपालमा अनलाई मिडियाको वाढि नै आएको छ। कतिपय अनलाईनमा अहिले पत्रकारीता कम र ‘स्वार्थकारिता’ वढि हुने गरेको छ। गलत मनसाय राखेर समाचार लेख्ने अनि वार्गेनिङ्ग गरेर रातारात धनी हुन खोज्ने स्वार्थकारीताका कारण नेपालको पत्रकारीता वदनाम छ। यस्ता प्रवृत्तिलाई रोक्न सरकारले प्रयास गरेपनि सफल हुन सकेन। पत्रकारका संगठनको सदस्यता लिएर हुने यस्ता कृयाकलापका कारण सरकार पनि पछि हट्नु परेका कयौं घटना छन् ।
यस्ता अनलाईनको नत कार्यालय छ, नत कतै वोर्ड झुन्ड्याईएका छन । अनलाईन पोर्टलमा भ्रमपुर्ण ठेगाना राखेर मान्छेलाई भ्रममा पार्ने गरिएको छ । अभियान पोष्ट नामको एउटा अनलाईनले त ठेगाना नै दुईवटा उल्लेख गरेको छ । जन्मदेव जैसी प्रधान सम्पादक रहेको यो अनलाईनको ठेगाना कतै काटेश्वर ३२ लेखिएको छ कतै वागेश्वरी मनहरा नपा–९, गोठाटार लेखिएको छ।
यो अनलाईनका पनि माथि उल्लेखित सवै योग्यता छन। तर, चाहिने योग्यता चाहि छैन । सम्पादक वन्न न्युनतम ब्याचलर तहको शैक्षिक योग्यता आवश्यक छ। तर, जैसीको योग्यता त्यति नभएको पाईएको छ ।
जैसीकै कुरा गर्दा उनी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुन । तर, उनी पत्रकारीता थोरै र राजनीतित धेरै गर्ने पत्रकारमा पर्छन। राजनिति भित्रपनि उनले दलाली वढि गर्ने गरेको उनकै आसेपासेहरु वताउँछन् ।
जैसी, पत्रकारीता भित्र स्वार्थकारीता, राजनीतिमा दलाली र त्यसवाहेक खुराफाती गर्न पनि माहिर छन् । जैसी जस्ता पत्रकारकै कारण ब्यवसायीक पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको गरिमामै आँच आएको आरोप लाग्ने गरेको छ ।
आफनो अनलाईनको कार्यालय नरहेको र झोलामै कार्यालय वनाएर अनलाई सञ्चालन गरेको उनी आफै स्विकार्छन । शैक्षिक योग्यताको विषयमा भने उनले सुचना विभागमा गएर हेर्न सकिने वताए ।
उनी आफुलाई बिप्लव माओवादीको कार्यकर्ता भएको वताउँछन् । तर, उक्त पार्टीले पनि जैसीलाई ‘दलालि गरेको’ भन्दै कार्बाही गरेको थियो।
०७५ असोजमा विप्लव समूहका मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हेमन्तप्रकाश ओली शुदर्शनले जारी गरेको वक्तव्यमा जैसीलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको उल्लेख छ ।
उनले पत्रकार संगठनसम्बन्धी पार्टी निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको, पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको तथा सार्वजनिक रुपमा जिम्मेवार साथी माथि हातपात गरेको आरोप थियो।
यति मात्रै होईन, नेपालमा यस्तो धेरै मिडिया छन्। जो नागरिकका लागि होईन, विशुद्ध आफना लागि खुलेका छन्। तर, सरकारले पनि यसलाई नियन्त्रण गर्न नसक्नु दुःखद छ।
खै त नियन्त्रण
पत्रकारीता भित्र यति विघ्न समस्या छन् । तर, यस विषयमा नत पत्रकारका संगठनले नियन्त्रणको प्रयास गरेका छन् नत सुरक्षा निकायले नै कारवाही गर्न सकेको छ । वरु प्रहरीले आँखा चिम्लेर यस्ता कृयाकलापलाई छुट दिएको पाईन्छ । पत्रकारसँग सम्पर्कमा रहेर हुने यस्ता कृयाकलापमा हस्तक्षेप गर्दा पत्रकारका संगठन आन्दोलनमा उत्रने र अनावस्यक झमेला पर्ने डरले प्रहरी अधिकारीहरु चुप लागेर वस्ने गरेका छन् ।
पत्रकारका संगठनको अवस्था पनि उस्तै छ। आफनो सदस्य घट्ने डरले उनीहरु जति सुकै वदनामी भएपनि त्यस्ता पत्रकारलाई कारवाही गर्न डराउँछन् । आफु पदमा वस्न सदस्य वढाउनै पर्ने भएकाले जस्तो सुकै कर्ममा लागेको भएपनि सदस्य वनाएर राखिरहने प्रवृत्तिका कारण पत्रकारीता वदनामीको दिशामा धकेलिएको जानकारहरु वताउँछन् ।
जन्मदेव जैशीसँगको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला।