देउवा भन्छन्– सडकमा जुलुस गरेर दबाब दिने हो भने अदालत किन चाहियो ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘सडकमा जुलुस गरेर दबाब दिने हो भने अदालत किन चाहियो ?’ भन्दै प्रश्न गरका छन् ।
नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशसभालाई सम्बोधनका क्रममा विचाराधीन मुद्दामा सडकबाट अदालतलाई यो गर, त्यो गर भनेर दबाब दिन नहुने भन्दै यस्तो प्रश्न गरेका हुन् । संसद विघटनविरुद्धको मुद्दामा अदालतको फैसलालाई कांग्रेसले स्वीकार्ने उनले वताए ।
अदालतको फैसलापछि संसद पुनःर्स्थापना भएपनि र चुनावमा गएपनि नेपाली कांग्रेस स्वीकार्न तयार रहेको उनले बताए । उनले भने–‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अदालतले जे भन्छ त्यही स्वीकार्ने हो।’
‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई ध्रुवीकरण गरेका छन् । देशै पक्ष–विपक्षमा बाँडिएको छ। हामीले यो बेला ओली या प्रचण्ड–माधव कसैको पक्ष लिनु हुँदैन’– देउवाले भने।