News राजनीति

प्रदीप नेपालवाट ओलीलाई धोका, प्रचण्ड–नेपाललाई वुझाए नागरिक्ता 

प्रदीप नेपालवाट ओलीलाई धोका, प्रचण्ड–नेपाललाई वुझाए नागरिक्ता 

प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका भनिएका नेकपाका केन्द्रीय सदस्य प्रदीप नेपाल प्रचण्ड–नेपाल समूहमा खुलेका थिए । 

ओली समूहतिर रहेको बताइए पनि उनी कसैका पक्षमा खुलेका थिएनन्। तर, शुक्रवारको प्रचण्ड–माधव समुहको केन्द्रिय कमिटी वैठकमा उनले आफनो नागरिक्ता वुझाएका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडामा नागरिकताको प्रतिलिपी वुझाएको जनाईएको छ ।

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न आज आफ्ना पक्षका केन्द्रीय सदस्यहरूलाई नागरिकता बुझाउन भनेको थियो। एकीकृत नेकपाका ४४१ सदस्यमध्ये २९० जनाले आज नागरिकता दिएको उक्त समूहले जानकारी दिएको छ।

आजै बसेको उक्त समूहको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको छ। 
 

प्रदीप नेपाल पेरिसडाँडा नागरिकताको प्रतिलिपी वुझाए प्रचण्ड–माधव

विशेष