News विदेश

अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा  बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । 

कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ । 

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन् ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।
(रासस/सिन्ह्वा)

अफगानिस्तान तालिबान लडाकू कान्दाहार साङ्घातिक आक्रमण

विशेष