News खेल

आर्मी विरुद्ध एपीएफलाई जित दिलाउने सरु लिम्बु महिला लिगको सर्वाेत्कृष्ट खेलाडी 

आर्मी विरुद्ध एपीएफलाई जित दिलाउने सरु लिम्बु महिला लिगको सर्वाेत्कृष्ट खेलाडी 

राष्ट्रिय महिला लिगमा एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरु लिम्बु सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् ।

शुक्रबार लिगको अन्तिम खेलमा एपीएफले आर्मीलाई ३–० ले पराजित गरेको थियो । एपीएफले शतप्रतिशत नतिजासहित लिग उपाधि जितेको हो ।

व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर, आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर तथा एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भए । एपीएफकै भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।

लिगमा विजेता एपीएफले १५ लाख तथा उपविजेता  त्रिभुवन आर्मी क्लबले ८ लाख, तेस्रो नेपाल पुलिस क्लबले ५ लाख र चौथो वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

यसैगरी, फियर प्ले अवार्ड चन्द्रपुर नगरपालिकाले १ लाख ५०, विधागततर्फ बेस्ट प्लेअर सरु लिम्बुले (एपीएफ) स्कुटर पाएका छन् ।

यस्तै बेस्ट गोलकिपर उषा नाथ ( नेपाल पुलिस क्लब), बेस्ट डिफेण्डर अमृता जैसी ( नेपाल पुलिस क्लब), बेस्ट मिडफिल्डर विमला चौधरी (आर्मी), बेस्ट फरवार्ड सावित्रा भण्डारी (एपीएफ), बेस्ट कोच भगवती थापा (एपीएफ) घोषित भएका छन् । उत्कृष्ट सबैलाई नगद ५० हजार प्रदान गरिएको छ ।

एपीएफ राष्ट्रिय महिला लिग च्याम्पियन सर्वाेत्कृष्ट खेलाडी

विशेष