News राजनीति

कांग्रेस नेता पौडेलको चेतावनी – ०६२/६३ को जस्तो इतिहास नदोहोरियोस्

कांग्रेस नेता पौडेलको चेतावनी – ०६२/६३ को जस्तो इतिहास नदोहोरियोस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘०६२/६३ को जस्तो इतिहास नदोहोरियोस्’ भन्दै आन्दोलनवाटै संसद पुनर्स्थापना गर्ने चेतावी दिएका छन् ।


सुनसरीको धरान उपमहानगरपालिकामा रहेको वीपी पार्कमा वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै नेता पौडेलले भने– ‘हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो । शेरबहादुर देउवाले विघटन गरेको संसदलाई आन्दोलनबाट फर्काएको हो नि। अदालतले संसद विघटनलाई सदर गरोस अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस् ।’ 

विगतमा सभापति शेरबहादुर देउवाले विघटन गरेको संसद् आन्दोलनबाट फर्काएको स्मरण गर्दै उनले केपी ओलीले विघटन गरेको प्रतिनिधि सभा पनि आन्दोलनवाटै फर्काउनुपर्ने बताए।

अहिले घोषाणा भएको चुनाव नहुने पनि उनले दाबी गरे ।  ‘यो चुनाव त हुनेवाला छैन् । चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ’ उनले भने–‘त्यसो हुँदा मुलुकमा अराजकता आउछ।’

देशमा अराजक बढ्दै गए हतियार हुनेहरू शक्तिशाली हुने दिन आउने पनि उनले बताए । ‘अराजक बढ्दै  गए यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ उहि शक्तिशाली हुने दिन आउछन्’–पौडेलले भने।

शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल धरान आन्दोलनवाटै संसद पुनर्स्थापना

विशेष