उपप्रधानमन्त्री पोखरेल चढेको गाडिलाई लक्षित गरी ढुङ्गा प्रहार
नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडिमा ढुङ्गा हानेका छन् । तर, पोखरेलको गाडिलाई लक्षित गरी हानिएको ढुङ्गा छेवैमा रहेको एक संस्थानको गाडीमा लागेर सिसा फुटेको छ ।
यसअघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । भने उनलाई अवारोध गर्ने प्रयास गरिएको थियो । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।
सोहि क्रममा प्रहरीको लाठी लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन् । हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल नुवाकोट सदरमुकाम विदुर स्थित कार्यक्रममा सहभागी भएको प्रहरीले जनाएको छ ।
उपप्रधानमन्त्री पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलगायतका नेताहरु कार्यकर्ता भेलालाई सम्बोधन गर्न विदुर पुगेका छन् ।