News राजनीति प्रदेश ६

प्रदेश संरचना कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्तावः मुख्यमन्त्री राई

प्रदेश संरचना कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्तावः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई प्रदेश संरचना कमजोर बनाउने र जनताको विकास र समृद्धिको चाहनालाई तुषारापात गर्ने उद्देश्यका साथ चालिकाएको कदमका रुपमा ब्याख्या गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा सम्वोधन गर्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव विधिसम्मत नभएको दाबी गर्दै प्रस्ताव फिर्ता लिन आग्रह समेत गरे।

प्रदेशमा उठेका कानूनी र वैधानिक प्रश्नहरुको निरुपरण गर्न सरकार तयार रहेको पनि राईले वताए । प्रदेश संरचनालाई बलियो र प्रभावकारी बनाउने जिम्मवारी सबैको भएकाले सबै सहयात्री दललाई गम्भिर बनी गहिरो जिम्मेवारीका साथ भूमिका खेल्न मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।
 

प्रदेश १ अविश्वासको प्रस्ताव मुख्यमन्त्री राई प्रदेश संरचना

विशेष