News राजनीति

नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने विषयमा छलफल गर्न नेकपाको प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी पेरिसडाँडामा वस्न लागेको छ ।

पार्टीको आधिकारिकता दाबी, निर्वाचन आयोगमा आफूहरुको उपस्थिति सर्वोच्च अदालतले गर्न सक्ने फैसलालगायतका बारेमा छलफल गर्न वैठक वोलाईएको नेता लीलामणि पोखरेलले वताए।

वैठकमा सबै सदस्यलाई नागरिकता र पार्टीको परिचयपत्र लिएर पेरिसडाँडामा उपस्थित हुन निर्देशन छ। बहुमत सदस्यको नागरिकता र पार्टीको परिचयपत्र बोकेर दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आज नै आयोग जाने तयारी छ ।

प्रतिनिधिसभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड–नेपाल समूह असन्तुष्ट छ ।
 
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाको प्रचण्ड–माधवसमूह असन्तुष्ट छ ।

निर्वाचन आयोग सर्वोच्च अदालत प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आधिकारिकता प्रचण्ड–माधव समूह

विशेष