News

प्रतिनिधिसभा विघटन विरुद्ध परेका मुद्दाको वहस सकियो

प्रतिनिधिसभा विघटन विरुद्ध परेका मुद्दाको वहस सकियो

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको वहस सकिएको छ । एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि शुक्रवार सबै बहस सकिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीले वहस गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनकालागि सिफारिस गरेका थिए भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा सर्वाेच्चमा परेका थिए । ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेसम्म बहस नोट बुझाउन जानकारी दिएका छन् । ‘११/१२ गतेसम्म पनि जान सक्छ,’ जबराले भने, ‘हेर्दाहेर्दैमा पनि सकिन सक्छ।’ १० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

प्रतिनिधिसभा विघटन सर्वोच्च अदालत एमिकस क्युरी राष्ट्रपति विद्यादेवी भण्डारी केपी शर्मा ओली

विशेष