प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले हटाएकी छिन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई हटाएकी हुन् । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पदमुक्त गरिएको जनाईएको छ ।
राष्ट्रपति कार्यालयको प्रेस नोटमा भनिएको छ–‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’