News

सरकारसँग वार्ता गर्न यस्तो छ विप्लवको सर्त

सरकारसँग वार्ता गर्न यस्तो छ विप्लवको सर्त

प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।

पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको उनले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो’ उनले भनेका छन्–‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

सरकारले चन्द समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको सभाबाट चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।

केही दिनअघि खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार गएर भेटेका थिए । सरकारले २०७५ फागुन २८ मा नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।

विशेष