निर्वाचन नचाहनेले आयोगलाई धम्क्याए : उपप्रधानमन्त्री पोखरेल
जनकपुर– उपप्रधानमन्त्री एवं नेकपाका नेता ईश्वर पोखरेलले प्रचण्ड–माधव समुहले निर्वाचन नगराउन आयोगलाई धम्की र दवाव दिइरहेको आरोप लगाएका छन् । निर्वाचन लोकतन्त्रको आधार भएकाले निर्वाचनमा जानु लोकतन्त्र विरोधी कार्य नभएको उनले वताए ।
धनुषा चेम्बर अफ कमर्शको साधारण सभालाई सम्बोधन गर्दै नेता पोखरेलले अस्थिरता नित्याउनेलाई आगामी निर्वाचनमा जनताले हराउने भएकाले अहिले सडकमा नाटक गरिरहेको पोखरेलको आरोप छ।
समृद्धि र विकास नचाहनेहरुले प्रधानमन्त्रीलाई कुर्सीबाट हटाएर मुलुकमा अस्थीरता ल्याउन खोजेको उनले आरोप लगाए ।
राजनितिक स्थायित्व विना विकास सम्भव नरहेको बताउँदै पोखरेरलले राजनितिक स्थायित्व नचाहेहरुले नै सडकमा आन्दोलन वताए । सडकमा रहेका राजनितिक दलहरुलाई पनि उनले निर्वाचनको तयारीमा जुटन आग्रह गरे।
आफ्नै पार्टी भित्रका केहि तत्वहरुले सरकारलाई काम गर्न नदिएकोले प्रधानमन्त्री ओलीले संसद विघटन गरि ताजा जनादेशमा जाने घोषणा गरेको पोखरेल स्पष्ट पारे। ‘प्रचण्डले प्रधानमन्त्रीको कुर्षिलाई म्युजिकल चेयर सम्झनु भो। ओलीलाई धक्का दिएर वस्न खोज्दा अहिलेको परिणाम आयो’ उनले भने ।
प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म उनीहरुलाई पदकै लोभ रहेको भन्दै उनले आलोचना गरे ।
उपप्रधानमन्त्री पोखरेलले धनुषासँगका भारतीय नाकाहरु खोल्नुपर्ने आवश्यकता रहेको वनाउँदै जिल्ला सुरक्षा समितिले निर्णय गरि सिसिएमसीलाई जानकारी गराए सरकारले नाका खोलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।