News राजनीति

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र उषाकला राईले किन छोडे प्रचण्ड–माधवको साथ ?

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र उषाकला राईले किन छोडे प्रचण्ड–माधवको साथ ?

प्रचण्ड–माधव समुहमा रहेका नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई केपी शर्मा ओली समूहमा लागेका छन् ।

संसद विघटनपछि एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर तामाङ्ग प्रचण्ड–माधव समुहमा लागेका थिए । उनी फेरी ओली समुहमा नै फर्केको घोषणा गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका तामाङ्ग ओली सरकारको कानुनमन्त्री समेत भएका थिए। तर, बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राहरुका बारेमा भ्रमपूर्ण अभिव्यक्ति दिएपछि उनले २०७५ साउन ८ गते पदबाट राजीनामा दिनुपरेको थियो।

त्यस्तै प्रदेश १ की सांसद तथा नेकपा नेतृ उषाकला राई पनि ओली समुहमा नै खुलेकी छिन् । उनले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकि थिईन । नेतृ राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्मानपूर्वक दिनुभएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी थिईन।

उनले आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै केन्द्रिय सदस्य पद अस्विकार तथा प्रधानमन्त्री ओलीसँग रहन नसकेको जानकारी दिएकी थिईन ।

शेरबहादुर तामाङ प्रचण्ड–माधव समुह उषाकला राई केन्द्रिय सदस्य पद अस्विकार

विशेष