News अपराध सुरक्षा

६ लाख घुस लिएको आरोपमा मालपोत वाराका प्रमुखसहित २ पक्राउ

६ लाख घुस लिएको आरोपमा मालपोत वाराका प्रमुखसहित २ पक्राउ

मालपोत कार्यालय वाराका कार्यालय प्रमुख र एक जना लेखापढि ब्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस मागेको आरोपमा कार्यालय प्रमुख (नायब सुब्बा) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ लिईसकेको अवस्थामा रकमसहित उनीहरुलाई शुक्रवार नियन्त्रणमा लिईएको प्रवक्ता नारायण प्रसाद रिसालले वताएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका –२२ को जर्गा होटलबाट दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

अख्तियार मालपोत कार्यालय वारा सेवाग्राहीसँग घुस रकमसहित नियन्त्रणमा

विशेष