प्रधानमन्त्रीले महत्वपूर्ण घोषणा गर्ने नेम्वाङको भनाई
ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण घोषणा गर्ने बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्वपूर्ण घोषणा गर्ने बताए। उनले त्यो घोषणको बारेमा भने आफूलाई पनि थाहा नभएको बताएका छन् ।
यसअघि शनिबार बिहानै प्रधानमन्त्री ओलीको विश्वासपात्र एवं पूर्वमन्त्री गोकुप्रसाद बाँस्कोटाले पनि आज पक्कै नयाँ हुन्छ भन्दै ट्वीट गरेका थिए ।
नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए।