प्रचण्ड प्रधानमन्त्री भएपछि संसद विघटन हुँदैन भन्ने ग्यारेन्टी छ ? : राजेन्द्र महतो
जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सबैको अपनत्व महसुस हुने गरी संविधान संशोधन नभएसम्म प्रतिगमन भइरहने जिकिर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा जनता समाजवादी पार्टी नगर कमिटीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै महतोले देशको संविधानलाई ‘कुु’ गरेर लोकतन्त्र माथि नै प्रहार गरिएको वताए । त्यसैले प्राप्त उपलब्धि गुम्न नदिन शान्तिपूर्ण आन्दोलनमा लाग्न उनले जसपाका कार्यकर्तालाई निर्देशन दिए।
प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन मात्रै मुलुकका लागि स्थायी समाधान नभएको उनले वताएका छन् । ‘प्रतिनिधिसभा पुनर्स्थापना गरेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतलाई प्रधानमन्त्री बनाएपछि भोलिका दिनमा पनि प्रतिनिधिसभा विघटन हुँदैन भन्ने केही ग्यारेन्टी छ?’ भन्दै उनले प्रश्न गरे।
विगतका राजा महाराजा र कांग्रेसका नेताहरूले पनि संविधानलाई कुल्चिएर प्रतिगमनकारी कदम चालेको स्मरण गर्दै उनले अहिलेका नयाँ राजा ओलीले पनि संविधान कुल्चिएको वताए ।