News राजनीति

दुई वुँदे माग पुरा गराउन डा. केसीद्वारा २० औं अनशनको घोषणा 

दुई वुँदे माग पुरा गराउन डा. केसीद्वारा २० औं अनशनको घोषणा 

स्वास्थ्य क्षेत्रको विकृति र विसंगती विरुद्ध १९ पटक आमरण अनसन वसिसकेका डा. गोविन्द केसीले राजनीतिक माग राख्दै २० औं अनशन बस्ने घोषणा गरेका छन् ।

आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उनको घोषणा छ । केसीले मंगलवार एक विज्ञप्ति जारी गर्दै दुई सुत्रीय माग राखेका हुन् ।

प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटन गरिएमोमा संविधानको रक्षा गरिनिुपर्ने तथा विधि र प्रक्रिया मिचेर संवैधानिक निकायहरुमा गरिएको नियुक्ति वदर हुनुपर्ने उनको माग छ ।

अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि केसीले गरेका छन् ।
‘यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं। आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दर्छौं’–डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
 

विशेष