कोरोना विरुद्धको नक्कली खोप बनाएर विदेश पठाउन खोज्ने ८० चीनियाँ नागरिक पक्राउ
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जना चीनियाँ नागरिक पक्राउ परेका छन् ।
बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा अपरेसनको क्रममा नक्कली खोप बनाउने मानिसहरु पक्राउ परेका हुन् ।
चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार पक्राउ परेकाहरुले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । गत सप्टेम्बरदेखि नै उनीहरुले खोप निर्माणको काम गर्दै आएको समाचारमा वताईएको छ। थिए ।
आरोपीहरुले स्लाइनलाई सिरिन्जमा तानेर नक्कली खोप तयार पार्ने गरेका थिए । उनीहरुको उद्देश्य नक्कली खो वनाएर विदेश पठाउनु रहेको प्रहरीले जनाएको छ ।
अहिले चीनले त्यस विषयमा अनुसन्धान गरिरहेको र वरामद भएको सवै खोप प्रहरीले नष्ट गरको छ। चीनले आफ्ना नागरिकहरुलाई सिनोभ्याक र सिनोफर्मले बनाएको खोप लगाइरहेको छ । यी खोपले टर्की, ब्राजिल, यूएईलगायत मुलुकमा पनि अनुमति पाइसकेका छन् ।