News राजनीति

ओलीको असंवैधानीक कममा सभापती देउवाले सघाएको रामचन्द्रको आरोप

ओलीको असंवैधानीक कममा सभापती देउवाले सघाएको रामचन्द्रको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको असंवैधानीक कदममा आफ्नै पार्टीका सभापती शेरबहादुर देउवाले सघाएको आरोप लगाएका छन् । उनले देउवाकै समर्थले ओली अधिनायकवादतर्फ वढेको तथा लोकतन्त्र र संविधान धरापमा पारेको आरोप लगाए । 

प्रेस युनियन सुनसरीले आइतबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडलले देउवा ओलीको साथमा हिँडेपनि कांग्रेसले संविधान बचाउनु पर्ने धारणा राखे। सभापती देउवालाई संसद विघटनको असंवैधानिक कदमविरुद्ध लागौं भन्दा देउवाले अदालतको निर्णय पर्खौ भनेर पन्छिएको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी असंवैधानिक कदम चालेको ओम्नी काण्डदेखि बुढिगण्डकीको नाममा अरबौं भष्ट्राचार गरेको, संसदलाई छलेर संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय भएपनि देउवाले ओलीलाई बोकेर हिड्न नछाडेको बताए । ओलीको असंवैधानिक कदमलाई देउवाले साथ दिएपछि संविधान झन खतरामा परेको पौडेलको भनाइ छ । 

आफू संसद नभएको अवस्थामा समेत संसद पुर्नस्थापना भए लोकतन्त्र र संविधान जिवित हुने भएकाले आफू संसद विघटनको विरुद्धमा उभिएको प्रष्ट पारे। देउवा अदालतमा विचारधीन अवस्थमा रहेको संसद विघटनको मुद्धामा बोल्नु हुँदैन भन्ने, प्रधानमन्त्री ओली अदालतलाई धम्काउँदै हिँडिरहेकाले देशले सहि नेतृत्व गुमाइसकेको आभास भएको पनि नेता पौडेलले वताए ।

देउवाले आन्दोलन गर्न पैसा नभएको भन्दै दिएको अभिव्यक्तिको विरोध जनाएका उनले उनलेसंसद विघटनको विपक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे । । ‘आन्दोलन पैसाले गर्ने होइन । विचार र सिदान्तले आन्दोलन अगाडि बढाइ लोकतन्त्र र संविधान बचाउनु कांग्रेसको दायीत्व हो’– उनले भने।

प्रदेश सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावविरुद्धमा समेत सभापति देउवा मौन बसेको बताए ।

नेपाली काँग्रेस अधिनायकवाद असंवैधानीक कदम संवैधानिक नियुक्ति खारेज

विशेष