उडिरहेको विमानमा आगो लाग्यो
अमेरिकामा चालक दलका १० सहित २३१ यात्रु लिएर उडेको विमान आकाशमै आगो लागेको छ । कोलोराडोस्थित उक्त विमान उडिरहेको अवस्थामा अचानक इन्जिनमा आगो लागेको थियो ।
बोइङ ७७७ उक्त विमान आगो लागेर टुक्राहरु खसेका थिए । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । विमानमा आगो लागेपछि टुक्राहरु जमिनमा खसेका दृश्य विभिन्न मिडियाले समेत सार्वजनिक गरेका छन् ।
तर, विमानका यात्रुहरु सकुशल भएको बताइएको छ । आगो लाग्दा लाग्दै पाइलटले सुरक्षित तवरमा विमान अवतरण गराएका हुन् । शनिबारको उक्त दुर्घटनाबाट बचाएर पाइलटले डेनबरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सफल रुपमा अवतरण गराएका थिए ।
डेबरदेखि होनोलुलुका लागि उड्ने क्रममा विमानमा आगो लागेको हो । तर कसरी आगो लाग्यो भन्नेबारे यकिन विवरण आइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विमानको दायाँ तर्फको भागमा आगो लागेको थियो ।
विमान आकाशमै आगो