News राजनीति

राजनीतिक अस्थिरताले नयाँ–नयाँ समीकरण बन्ने र भत्कने सम्भावना बढ्योः महेश वस्नेत

राजनीतिक अस्थिरताले नयाँ–नयाँ समीकरण बन्ने र भत्कने सम्भावना बढ्योः महेश वस्नेत

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताउँदै तर, फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । 

राजनीतिक अस्थिरताले नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढेको वताएका उनले नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने वताए ।

विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने पनि उनले बताए । संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ । तर, २०५२ देखि ०६२ सम्मको राजनीतिक विकृति दोहोरिन दिन नहुने बस्नेतले बताए । 

‘०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद विघठन गरी निर्वाचनमा गएको प्रक्रिया विघठन गरेको फैसलाले राजनीति १ दशकसम्म अस्थिरता र विकृतीतर्फ फसेको थियो,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन् ।

अझै पनि राजनीति ओलीके वरिपरी घुम्ने बस्नेतको दाबी छ । उनले ओलीलाई सुझबुझपूर्ण कदम चाल्न पनि सुझाव दिएका छन् । उनले भनेका छन्–‘विभाजनकारीहरूलाई एकताको प्रक्रियामा फर्काउनुस् । पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिडाउनुहोस् । राजनीतिलाई विकृती र विसंगती मुक्त बनाउनुहोस् । हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाई रहनेछ ।’

ओलीको प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणालाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अब प्रतिनिधिसभा बैठक १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र बोलाउन पनि परमादेश दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलाको सम्मान विभाजित नेकपा नयाँ–नयाँ समीकरण

विशेष