News राजनीति

प्रधानमन्त्री ओलीलाई तुरुन्त राजीनामा दिन वामदेवको सुझाव

प्रधानमन्त्री ओलीलाई तुरुन्त राजीनामा दिन वामदेवको सुझाव

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजिनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै ढिला नगरी तुरुन्त राजीनामा दिन ओलीलाई सुझाव दिएका हुन् । 

उपाध्यक्ष गौतमले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि माग गरेका छन्। नेकपा उपाध्यक्षको हैसियतले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक वोलाउन पनि गौतमले आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । सर्वोच्च अदालतको संवैधानीक इजलासले त्यसलाई असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापनाको आदेश दिएको छ । गौतमले पनि अदालतको निर्णयलाई ऐतिहासिक भएको वताएका छन् ।

निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको दिनका रुपमा उनले ब्याख्या गरेका छन् ।

उनले प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूप्रति आभार ब्यक्त गरेका छन् । 

सर्वोच्च अदालत वामदेव गौतम राजिनामा अधिवेशन आह्वान

विशेष