News राजनीति

ओलीले बालुवाटारमा वोलाए स्थायी कमिटीको बैठक

ओलीले बालुवाटारमा वोलाए स्थायी कमिटीको बैठक

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पैसला गरेपछि ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका हुन् ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले त्यस सम्वन्धमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर मंगलबार साँझ उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका थिए ।

सोहि सेरोफेरोमा रहेर बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले प्रतिनिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने प्रेस सल्लाहकार थापाले प्रतिक्रिया दिएका थिए । संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भन्दै थापाले यसका दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने पनि बताएका थिए ।

यसैबीच प्रचण्ड–माधव पक्षले पनि बुधबार अपरान्ह ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । दाहाल–नेपाल पक्षकी सांसद रेखा शर्माले समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिइन् । 

दाहाल–नेपाल समूहले यसअघि नै पुस ९ गते ओलीलाई हटाएर संसदीय दलको नेतामा दाहाललाई निर्वाचित गरेको थियो ।

स्थायी कमिटी बैठक सर्वोच्चको फैसला अदालतको फैसलालाई विवादास्पद

विशेष