News विदेश

नेपालप्रति अमेरीकाको चासोः साझा मुद्दामा सहकार्य

नेपालप्रति अमेरीकाको चासोः साझा मुद्दामा सहकार्य

अमेरिकी राष्ट्रपति जोशेफ आर बाइडेनले साझा मुद्दामा नेपाल र अमेरिकाले सहकार्य गर्ने वताएका छन् । उनले नेपालसँग सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि बताएका छन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको ओहोदाको पत्र बुझेपछि प्रतिक्रिया दिदै राष्ट्रपति बाइडेनले पठाएको प्रतिक्रियामा यस्तो उल्लेख गरिएको छ । कोभिड १९ का कारण भौतिक भेटमार्फत् नभएर अमेरिकी राष्ट्रपतिले विदेशी राजदूतहरुको ओहोदाको प्रमाणपत्र विदेश मन्त्रालयमार्फत् बुझ्दै आएका छन् । ओहोदाको प्रमाणपत्र बुझेर राष्ट्रपतिले सम्बन्धित राजदूतलाई पनि कूटनीतिक च्यानलमार्फत् जवाफ पठाउने गरेका छन् ।

अमेरिकास्थित नेपाली दूताबासद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ–‘राजदूतको ओहोदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति बाइडेनले राजदूत खतिवडालाई वासिंटन डिसीको कूटनीतिक समुदायमा स्वागत गर्दै साझा एजेन्डामा नेपालसँगको सम्बन्ध थप सुदृढ गर्ने इच्छा व्यक्त गरेको जवाफ पठाएका छन।’  
 

सहकार्य अमेरिकी राष्ट्रपति जोशेफ आर बाइडेन राजदूत डा. युवराज खतिवडा

विशेष