ओली नेतृत्वको नेकपा स्थायी कमिटी वैठकः निर्धारित समयमै प्रतिनिधि सभा वैठक वोलाइने
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै निर्धारित समयमै प्रतिनिधि सभा वैठक वोलाउने निर्णय गरेको छ ।
वैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्नेलगायतका विभिन्न चारअटा निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ’ उनले भने–‘बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।’
प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै उनले त्यसपछिका घटनाक्रम कस्तो हुन्छ भन्नेबारे भने सबै पक्षसँग छलफल गर्ने निर्णय भएको ज्ञवालीले वताए ।
बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय समेत गरेको उनले जानकारी दिए ।