News

सत्ता सहकार्यका लागि देउवालाई प्रचण्ड–माधवको प्रस्ताव

सत्ता सहकार्यका लागि देउवालाई प्रचण्ड–माधवको प्रस्ताव

प्रचण्ड–माधव नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन्।

उनीहरुले देउवा निवास बूढानीलकण्ठमा उनीहरुका बीच करिव आधा घण्टा छलफल भएको थियो। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै मंगलबार नै देउवा र दाहालबीच टेलिफोन वार्ता भएको थियो।

त्यसपछि दाहाल–नेपाल वुढानिलकण्ठनै पुगेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । अध्यक्षद्वयले सभापतिसँग सँगै मिलेर जाने प्रस्ताव गरेको उनले जानकारी दिए।

समसामयिक राजनीतिका बारेमा छलफल तथा पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गरेको भानुको भनाई छ । सभापति देउवाले भने प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर फेरि भेटेर कुरा गर्ने जवाफ दिएका थिए । 

प्रचण्ड–माधव देउवा सत्ता सहकार्य संसद् पुनःस्थापना

विशेष